Section 46
पुनरावेदन सम्बन्धी व्यवस्था
(१) यस परिच्छेद बमोजिम भएको सजायको आदेश उपर चित्त नबुझेमा सजायको जानकारी पाएको मितिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ।

(२) स्थानीय तहको उद्योग दर्ता गर्ने निकायबाट भएको निर्णयको हकमा सम्बन्धित जिल्ला अदालतमा र प्रदेशको उद्योग दर्ता गर्ने निकाय र विभागबाट भएको सजायको हकमा सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सकिनेछ।